रुसले बनाएको कोरोना भाइरस विरुद्धकाे खोप ९२ प्रतिशत प्रभावकारी

काठमाडाै । रुसले कोरोना भाइरसविरुद्ध बनाएको भ्याक्सिन (खोप) ९२ प्रतिशत प्रभावकारी रहेको दाबी गरेको छ ।

‘स्पुतनिक–भी’ नाम दिइएको उक्त खोप परीक्षणको अन्तरिम नतिजाले यस्तो सफलता देखाएको रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड (आरडिआइएफ) ले बुधबार जनाएको हो ।

कोरोना विरुद्धको खोप बनाउने प्रतिस्पर्धात्मक दौडमा आफूलाई अरु देशको समकक्षमा राख्न रुस तल्लीन छ ।

खोपको तेस्रो चरण परीक्षणअन्तर्गत प्रारम्भिक नतिजा सार्वजनिक गर्नेमा रुस दोस्रो भएको छ ।

यसअघि सोमबार अमेरिकी औषधि निर्माता फाइजरले आफूले बनाएको खोप ९० प्रतिशत सफल रहेको दाबी गरेको थियो ।

फाइजरले जर्मन आौषधि निर्माता कम्पनी बायोएन टेकको सहकार्यमा खोप बनाइरहेको छ। विश्वमा १२ लाख मानिसको ज्यान लिइसकेको र अर्थतन्त्रलाई तहसनहस पारेको कोरोना महामारी रोक्ने खोप निर्माणमा विभिन्न कम्पनी लागेका छन् ।

गत अगस्टमा कोभिड–१९ का लागि निर्माण गरिएको खोप दर्ता गरेर यस मामिलामा रुस पहिलो राष्ट्र बनेको थियो ।

तेस्रो चरणमा ठूलो संख्यामा गर्नुपर्ने मानवीय परीक्षण बाँकी हुदाँहुँदै पनि खोप दर्ता गरिएको थियो ।

‘तथ्यांकका आधारमा हामी के भन्न सक्छौं भने यो खोप अत्यन्त प्रभावकारी छ,’ आरडिआइएफ प्रमुख किरिल डिमिट्रिभले भने ।

उनले खोप निर्माणमा प्राप्त यो सफलतालाई निर्माताहरुले भविष्यमा आफ्ना नातिनातिनीसँग सगौरव भन्ने विषय भएको पनि बताए ।

खोपको तेस्रो चरण परीक्षणअन्तर्गत प्रारम्भिक नतिजा सार्वजनिक गर्नेमा रुस दोस्रो भएको छ। यसअघि सोमबार अमेरिकी औषधि निर्माता फाइजरले आफूले बनाएको खोप ९० प्रतिशत सफल रहेको दाबी गरेको थियो ।

अन्तरिम नतिजाअन्तर्गत खोपको पहिलो र दोस्रो डोज (मात्रा) लिएका १६ हजार मानिसमा उत्पन्न प्रतिक्रिया समावेश गरिएको थियो ।

रुसले यो परीक्षण आगामी ६ महिनासम्म जारी रहने बताएको छ ।

रुसको गामालेया इन्स्टिच्युटले बनाएको यो खोपको परीक्षणमा ४० हजारजनालाई सहभागी गरिनेछ ।

यो खोप लगाएका मानिसमा कोरोना संक्रमण हुने सम्भावना ९२ प्रतिशतले कम रहने आरडिआइएफले जनाएको छ ।

अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए) ले निर्माणाधीन खोप ५० प्रतिशतभन्दा बढी सफल हुनुपर्ने मापदण्ड तोकेको छ।

फाइजर र बायोएन टेकले खोप निर्माणमा मानिसको प्रतिरक्षा प्रणालीलाई सक्रिय पार्न मेसेन्जर आरएनए प्रविधि प्रयोग गरेका छन् भने २१ दिनको फरकमा दुई डोज (मात्रा) दिइने रुसी खोपले रुघाखोकीका लागि कारक मानिएका एडी–५ र एडी–२६ जस्ता एडेनोभाइरससँग सम्बन्धित विभिन्न कारक तत्व निस्तेज पार्ने बताइएको छ। 

Like Share on Social media
  •  
  •  
  •  
  •  

२४ घण्टामा १ हजार ७०३ सङ्क्रमित थपिए