२६ अङ्कले बढ्यो शेयर बजार,४ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

काठमाण्डाै ।शेयर बजार परिसूचक नेप्से मङ्गलबार झण्डै २६ अङ्कले बढेको छ ।

जलविद्युत र म्युचल फण्डबाहेक सबै समूहको शेयर उकालो लागेपछि नेप्से २५ दशमलव ९८ अङ्कले बढेर १६ सय ७८ दशमलव ७९ विन्दुमा पुगेको हो ।

यस्तै निर्जीवन बीमा समूहको १ सय ६० अङ्कले, व्यापार समूहको शेयर १ सय ९ अङ्कले, होटलको ८७ अङ्कले, अन्य समूहको ४८ अङ्कले, उत्पादनको ४० अङ्कले र बैंक समूहको शेयर ७ अङ्कले बढेको छ ।

मङ्गलबार जीवन बीमा समूहको शेयर ४ सय ७६ अङ्कले बढेको छ ।

सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको २८ करोड ५३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

साल्ट ट्रेडिङ र कर्पोरेट विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशतका दरले कमाएका छन् ।

साल्ट ट्रेडिङ र कर्पोरेट विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशतका दरले कमाएका छन् ।

मङ्गलबार १ सय ९६ कम्पनीका ९६ लाख ५७ हजार कित्ता शेयर ४ अर्ब ९ करोड ६१ लाख रुपैयाँमा किनबेच भएका छन् ।

साल्ट ट्रेडिङ र कर्पोरेट विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशतका दरले कमाएका छन् ।

समग्र बजार बढे पनि विशाल बजार कम्पनीका लगानीकर्ताले साढे ४ प्रतिशतभन्दा धेरै गुमाएका छन् । 

Like Share on Social media
  •  
  •  
  •  
  •  

२४ घण्टामा १ हजार ७०३ सङ्क्रमित थपिए

कोरोना संक्रमितको चितवनमा मृत्यु