गलत बाेलेकाे भए पद्मश्रीकाे त्याग गर्छुः कंगना रनावत

सफल भारतीय अभिनेता सुसान्त सिंह राजपुतको निधनका विषयमा आफूलाई गलत सावित गर्न चुनौती दिएकी छिन् । अभिनेत्री कंगना रनावतले उनी गलत सावित भएमा पद्य्मश्री फिर्ता गर्न तयार भएको बताएकी छिन् ।

उनले दिएको अभिव्यक्तिमा, सुसान्तको मृत्युको कारण बलिउडमा व्याप्त नातावात र कृपावाद भएको खुलासा भिडियो मार्फत गरेकी छिन् ।

बलिउडले दिएको तनाव र भाग खोज्ने घृण्ति कार्य भएकोले सुसान्त तनावग्रस्त थिए । कंगनाले भिडियोमा बताए अनुसार, सुसान्त दर्शक समक्ष आफ्नो फिल्म हेरीदिन आग्रह पनि गर्दथे । एक भिडियोमा उनले भनेका थिए, मेरो यहाँ कोही गडफादार छैनन् । कंगनाले आक्रोश पोख्दै भनिन्, “हिजोसम्म जीवनप्रति उत्साहित मान्छेलाई सबैले घेरेर मर्न बाध्य पार्नु आत्महत्या होइन हत्या हो ।”

सुसान्तकाे मृत्यु हुनुमा फिल्मकर्मीमात्र होइन पत्रकार पनि उत्तिकै दोषि रहेको आरोप उनको छ ।

पद्मश्री भारत सरकारले सम्मान स्वरुव प्रदान गर्ने प्रतिष्ठित पुरस्कार हो। मेरो अनुमान गलत साबित भए म आफूले पाएको पुरस्कार त्याग गर्छु । रिपब्लिक टिभीसँगको अन्तर्वातामा उनले बताएकी छिन् ।

यस महिनाको सुरुवातमा प्रहरीले बोलाउँदा कंगना वयान दिन नगएको खबर सार्वजनिक भएको थियो। कंगनाको समूहले ट्वीट लेखेर प्रष्ट पारेको थियो । कंगनालाई मुम्बई प्रहरीबाट अहिलेसम्म कुनै पनि किसिमको आग्रह आएको छैन। यद्यपि, आवश्यक सहयोग वा सहकार्यका लागि उनी तयार छिन्।

भारितय फिल्म क्षेत्रमा कंगना निक्कै अब्बल नायिका मानिन्छिन् । कंगनाले यसै वर्ष कला क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदानका लागि पद्मश्री पुरस्कार पाएकी हुन् ।

Like Share on Social media
  •  
  •  
  •  
  •  

आइसोलेसनबाट भागे,कोरोना संक्रमीत कैदी