इन्डियन प्रिमियर लिग आईपीएल टी-२० क्रिकेटमा प्लेअफअन्तर्गत एलिमिनेटर खेल हुँदै

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल टी-२० क्रिकेटमा आज प्लेअफअन्तर्गत एलिमिनेटर खेल हुँदैछ ।

जसमा लिग चरणमा तेस्रो स्थानमा रहेका सनराइजर्स हैदरावाद र चौथो स्थानमा रहेका रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ ।

हैदरावाद र बैंगलोरबीचको खेल अबुधाबीस्थित शेख जायद स्टेडियममा नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

यस खेलमा विजयी हुने टिमले फाइनल प्रवेशका लागि आइतबार दिल्ली क्यापिटल्ससँग दोस्रो क्वालिफायर खेल्नेछ भने पराजित टोली बाहिरिने छ ।

दिल्ली पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्ससँग पराजित भएको थियो ।

दोस्रो क्वालिफायरको विजेता र मुम्बईबीच आगामी मंगलबार फाइनल खेल हुनेछ ।

लिग चरणमा उतारचढावपूर्ण प्रदर्शन गरेको हैदरावाद र बैंगलोरले समान ७ खेल जित्दा ७ खेलमा पराजित भएको थियो ।

लिगमा उत्कृष्ट सुरुवात गरेपनि बैंगलोरले पछिल्ला खेलहरुमा संघर्ष गरेको थियो ।

अर्कोतर्फ हैदरावादले भने अन्तिम ३ खेलमा शीर्ष टिमहरु बैंगलोर दिल्ली र मुम्बईलाई पराजित गरेको थियो ।

लिगको अन्तिम खेलमा मुम्बईलाई हराउनैपर्ने खेलमा हैदरावादले १० विकेटको जित हात पारेको थियो । हैदरावादले लिगको पछिल्लो ५ मध्ये ४ खेल जितेको थियो ।

उता बैंगलोरले भने लिगको पछिल्लो चार खेलमा हार बेहोरेको थियो ।

समूह चरणमा यी दुई टोलीले एक आपसमा २ खेल खेल्दा १-१ खेल जिते ।

हैदरावाद अष्ट्रेलिया खेलाडी डेविड वार्नर र बैंगलोर भारतीय कप्तान विराट कोहलीको कप्तानीमा मैदान उत्रनेछ ।

हैदारावाद जस्तै वार्नरले पनि पछिल्लो खेलहरुमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

Like Share on Social media
  •  
  •  
  •  
  •  

मैत्रीपूर्ण खेलः इंग्ल्याण्डको शानदार जित

फ्रान्स फिनल्यान्डसँग २-० ले पराजित