महिलाप्रती भएको शोषण देख्दा आफै भित्र प्रश्न उठ्छ छोरी भएर किन जन्मिए ?

याे घर, यो दुनियाँ ,यो नेपाली समाज, हामी नारीलाइ हरेक पटक छोरी भएको आभास दिलाउने गर्छ ।

चाहे ती सेलिब्रेटी हुन वा घर गृहणि ।

आधा आकाश ढाक्ने नारी आजको एकाइसौ शताब्दीमा आइपुग्दा पनि धार्मिक अन्धविश्वास, रुढीबादी, कुसंस्कृति, भेदभावपूर्ण व्यवहार ले नारी मुक्ति पाउन बाट अझै पनि वन्चित छन् ।

आजको युगमा आएर पनि कुरुती,कुसंस्कार अज्ञानता र सामन्ती व्यावहारले एउटा नारीप्रती घृणित र दुर्गन्धित बनाउन पछी पर्दैन, हाम्रो नेपाली समाज ।

कसैलाई बोक्सीको आरोप, कसैलाई योन हिंसा, घरेलुु हिंसा, छाउपडी, मानसिक टचर , बलात्कार, एसिड प्रहार ,बाल बिबाह, बहुबिबाह, दाइजो प्रथा, श्रम शोषण, यतिमात्र कहाँ हो र …

श्रीमान मरेपछि विधुवा अवस्थामा सौन्दर्य विहिन भेषभुषा पहिरिनु पर्ने ,शुभकाममा भाग लिन नपाउने रे…. ती नारी भनेर चिनिने छोरीले ।

तर ,त्यही समाजमा जन्मिएका पुरुष भनेर चिनिने ती छोरा पत्नी मरेपछि विवाह गर्नु पर्छ भनी केटि खोजी विवाह गरिदिन्छ त्यही समाजले नै ।

विधुवा नारीचाहिँ उमेरको हक छ भने पनि अर्को बैबाहिक जीवन गास्न नपाउने, यदि कसैले बिबाह गरिहाल्यो भने पनि नराम्रो दृष्टीले हेर्ने त्यति मात्र नभएर नेपाली भाषा व्याकरणमा समेत धेेरै कुरा लक्षित गरेर व्यङ्या गरेको पाइन्छ ।

जुन शब्द हामीहरुले पढ्दै आएका छौं जस्तै आमा भन्दा छोरी वोक्सि चोक्टा, खान गएकि बुढी झोलमा डुबेर मरि …..।

यस्तै ,यस्तै धेेेरेै भन्दा धेेेरेै कुराहरुबाट नारी अपहेलित छन् ।

अझ कहिले पाउने हो, मुक्तिको सास फेर्न ?

हामी मानव समाज जति धेरै बुझ्ने हुँदै आएका छौ, त्यति नै नारीहरु पिडा भोग्दै छ्न।

सन्तान जन्माउने सवालमा नि:सन्तान भए पनि र यदि छोरा पाउने आशमा छोरी छोरी भए पनि नारीलाई नै दोष ।

यिनै कारणले पुरुष अर्को बिबाह गर्न पनि पछी पर्दैनन् ।

स्वतन्त्रसँग जीवन जिउनुको मज्जा सायदै नारीहरुले महसुस गर्नै पाएको छैनन् ।

यो देशमा लोकतन्त्र आयो गणतन्त्र आयो , प्रजातन्त्र आयो, यति मात्र होइन कि, यहाको राष्ट्रपति समेत नारी नै हुनु हुन्छ ।

नारीहरुको हक र हितको को विषयमा धरै कुरा ऊठेे, प्रसस्त कानुन बनाइए ,तर त्यो सबै कानुनको ठेलीमात्रै सिमित रह्यो ।

व्यवहारमा कहिल्यै उत्रेन ।

नारीको पहिचान दिलाउन सकेको छैन, नेपाली समाज अझेै पनि ।

त्यस्तै प्रथा र परम्पराका नाममा व्यक्तिगत स्वतन्त्रता एवं अधिकारबाट वञ्चित हुँदै अझै पनि महिलाहरू देउकी र झुमाको जिन्दगी जिइरहेका छन् भने नेपालको पश्चिमी भेगमा कायम छाउपडी प्रथाका कारण महिलाहरू अहिलेसम्म पनि कुन तहको जीवन बाँचिरहेका छन् प्रश्न खडा भएको छ ।

यौन व्यवसाय, सर्कल लगायत विभिन्न प्रयोजनका लागि भारत तथा खाडी मुलुकहरूमा बर्सेनि लगभग ५ हजार महिला तथा बालबालिका बेचिने तथ्यांक सार्वजनिक हुँदै आएको छ ।

त्यस्तै रोजगारीका लागि खाडीलगायत विभिन्न देश पुगेर घरेलु श्रमिकका रूपमा काम गर्ने महिलाहरूको शोषण एवं अत्याचार पनि बेलाबेलामा सार्वजनिक हुने गरेका छन् ।

Like Share on Social media
  •  
  •  
  •  
  •