शाहरुख खानको जन्मदिन भर्चुअल्ली मनाउँदै फ्यानहरू

काठमाडाै । बलिउड अभिनेता शाहरुख खान दुबईमा छन्, इन्‍डियन प्रिमियर लिगका लागि त्यहींबाट उनले ट्वीटरमा ‘आस्क एसआरके’ सञ्चालन गरे ।

जसमा उनका शुभचिन्तक एवं प्रशंसकले उनलाई प्रश्न सोध्छन् ।

शाहरुखले जवाफ दिन्छन् ।

उक्त सेसनमार्फत् उनले यस वर्ष आफ्नो जन्मदिनमा कसैलाई पनि मन्नत नआउन आग्रह गरेका छन् ।

नोभेम्बर २ मा उनको जन्मदिन यो । यस वर्ष उनी ५५ वर्ष लाग्दैछन् ।

हरेक वर्ष शाहरुखका फ्यान जन्मदिनको शुभकामना दिन उनको घर अगाडि पुग्ने गर्छन् ।

‘यो वर्षको प्यार थोरै परबाट यार’ – शाहरुखले भनेका छन् ।

बलिउड हंगामाका अनुसार उनको आग्रह स्वीकार्दै शुभचिन्तकहरूले भर्चुअल समारोह आयोजना गर्ने भएका छन् ।
अनलाइन जमघटबीच केक काट्न लागेका हुन्। मन्नतबाटै कार्यक्रमको प्रत्यक्ष प्रसारण हुनेछ ।

सँगै एसआरके क्‍वीज, भर्चुअल सेल्फी बुथ, विभिन्न खेल तथा प्रस्तुतिहरू रहनेछन् ।

शाहरुखका फ्यानहरूले ५ हजार ५ सय ५ थान कोभिड-१९ किट, मास्क र स्यानिटाइजर समेत बाढ्नेछन् ।

साथै ५ हजार ५ सय ५५ जना अनाथ, असाय एवं वृद्धवृद्धालाई खाना समेत खुवाउनेछन् ।

शाहरुख भने नोभेम्बर लागेसँगै पठानको छायाँकनमा व्यस्त हुनेछन् ।

Like Share on Social media
  •  
  •  
  •  
  •  

२४ घण्टामा १ हजार ७०३ सङ्क्रमित थपिए

कोरोना संक्रमितको चितवनमा मृत्यु