आजदेखि बजारमा २ अर्ब रुपैयाँको नयाँ नोट

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले २ अर्ब रुपैयाँ बराबरको नयाँ नोट बजारमा पठाएको छ ।

राष्ट्र बैङ्कले २० रुपैयाँ दरको सङ्केत नम्बर ञ/४२ ०००००१ देखि ठ/१०० ९९९९९९ सम्मका नोट बिहीबार देखि बजारमा पठाएको राष्ट्र बैङ्कका कार्यकारी निर्देशक रेवती नेपालले जानकारी दिए ।

उक्त नोटमा पहिलेको जस्तै रातो रङ र बाह्रसिंगेको फोटो रहेको र साविकको जस्तै अक्षर लेखिएको छ ।

उक्त नोटमा पहिलेको जस्तै रातो रङ र बाह्रसिंगेको फोटो रहेको र साविकको जस्तै अक्षर लेखिएको छ ।

हामीले २ अर्ब रुपैयाँका १० करोड थान नयाँ नोट बजारमा पठाएका छौं, यो आजैदेखि चलनचल्तीका लागि खुला गरिएको छ’ कार्यकारी निर्देशक नेपालले भने ।

Like Share on Social media
  •  
  •  
  •  
  •  

२४ घण्टामा १ हजार ७०३ सङ्क्रमित थपिए

कोरोना संक्रमितको चितवनमा मृत्यु