कोरोना संक्रमितको उपचार गर्न वीपी प्रतिष्ठानले धरौटी र शुल्क तोक्यो

काठमाडाै । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पनि कोरोना संक्रमित विरामीको लागि धरौटी र दैनिक शुल्कको दर रेट तोकेको छ ।

हल्का लक्षण भएकाले १२ हजार धरौटी भर्ना हुनु अघि नै राख्नुपर्नेछ भने प्रतिदिन ३५ सय शुल्क तिर्नुपर्नेछ ।

संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन अनुसार संक्रमितलाई भर्ना गरेर उपचार गर्नको लागि धरौटी रकम र शुल्क लिने निर्णय गरेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका अनुसार कुनै लक्षण नभएका संक्रमितलाई ७ हजार धरौटी राख्नुपर्नेछ भने प्रतिदिन २ हजार शुल्क तिर्नुपर्नेछ ।

मध्यम लक्षण भएका विरामीले ३५ हजार धरौटी बुझाउनुपर्नेछ भने प्रतिदिन शुल्क ७ हजार ५ सय दिनुपर्नेछ ।

गम्भीर लक्षण भएका विरामीले ६० हजार धरौटी बुझाउनुपर्ने भएको छ भने प्रतिदिन १५ हजार शुल्क तिर्नुपर्नेछ ।

प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहका अनुसार यो निर्णय कार्तिक ९ गते आइतबारदेखि लागु हुनेछ ।

संक्रमित विरामी प्रतिष्ठानमा भर्ना हुनु अगावै धरौटी बुझाउनुपर्ने छ ।

प्रतिष्ठानमा पिसिआर परीक्षणको लागि पनि २ हजार २ सय रुपैयाँ शुल्क लिने पनि निर्णय भएको छ ।

आर्थिकरुपले विपन्न, अशक्त र असहाय नागरिक, असहाय एकल महिला, अपांगता भएका नागरिक, ज्येष्ठ नागरिकहरुहरुलाई लक्षण देखिएमा सिफारिस तथा परिचय पत्रको अधारमा निःशुल्क पिसिआर परीक्षण गर्ने पनि प्रतिष्ठानले जनाएको छ ।  

Like Share on Social media
  •  
  •  
  •  
  •  

२४ घण्टामा १ हजार ७०३ सङ्क्रमित थपिए

कोरोना संक्रमितको चितवनमा मृत्यु