नेपालले बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने

काठमाडाै । नेपाल र बंगलादेशबीच हुने दुई वटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलको मिति तय भएको छ । 

बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा आगामी नोभेम्बर १३ र १७ (कार्तिक २८ र मंसिर २) मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल गरिने तय भएको हो ।

बंगलादेश फुटबल फेडेरेसनले खेलको मिति तय गर्दै प्रारम्भिक टिम समेत घोषणा गरेको छ ।

बंगलादेशले नेपालविरुद्धको खेलका लागि पहिलो चरणको प्रशिक्षणमा ३६ जना खेलाडीलाई बोलाएको छ । 

नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षण गर्न अखिल नेपाल फुटबल  संघ (एन्फा) ले अघिल्लो साता अनुमति पाएको थियो । 

तर एन्फाले नेपाली टिमको अभ्यास दसैं बिदापछि मात्र सुरु गर्ने जनाएको छ ।

गत चैत महिनादेखि बन्द भएको प्रशिक्षण यसअघि भदौ १ गतेदेखि खुला गर्ने सरकारले निर्णय गरेको थियो ।

तर काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण ह्वात्तै बढेपछि फुटबलको प्रशिक्षण रोकिएको थियो ।

एन्फाले प्रशिक्षण सुरु गराउन भन्दै खेलाडीलाई क्वारेन्टिनमा राखेको थियो। सो क्रममा खेलाडीहरुको पिसिआर परीक्षण समेत गरिएको थियो ।

त्यतिबेला फिफा विश्वकप र एसियन कप छनोट पनि स्थगित भएपछि एन्फाले पिसिआर गरेर क्वारेन्टिनमा राखेका खेलाडीलाई घर जान अनुमति दिएको थियो ।

अब फेरि एन्फाले स्वास्थ्य प्रोटोकल पालना गर्दै दसैंबिदा सकिएपछि मैत्रीपूर्ण खेलका लागि अभ्यास सुरु गर्नेछ ।

Like Share on Social media
  •  
  •  
  •  
  •  

२४ घण्टामा १ हजार ७०३ सङ्क्रमित थपिए

कोरोना संक्रमितको चितवनमा मृत्यु