कोरोना संक्रमणबाट खैरहनी नगरपालिका वडा सदस्यकाे निधन

काठमाडाै । चितवनकाे खैरहनी नगरपालिका वडा नम्बर १२ का वडा सदस्य ४९ वर्षीय बद्रीबहादुर पाण्डेको कोरोना संक्रमणबाट निधन भएको छ । 

भरतपुर अस्पतालमा उपचारका क्रममा वडा सदस्य पाण्डेको गएराति मृत्यु भएको अस्पतालले जनाएको छ । उनी क्यान्सरबाट समेत पीडित थिए । 

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार उनको असोज २८ मा कोरोना संक्रमण  पुष्टि भएको थियो ।

 खोकी र श्वासप्रश्वासमा समस्या रहेको उनको क्यान्सरको तेस्रो केमो चलिरहेको अवस्थामा मृत्यु भएको हो ।  

अस्पतालको कोभिड सघन उपचार कक्षमा  भेन्टिलेटरमा राखी उनको उपचार भइरहेको थियो ।

 काङ्ग्रेसबाट गएको स्थानीय तहको निर्वाचनमा विजयी भएका थिए ।

कांग्रेस चितवनका जिल्ला सभापति जीतनारायण श्रेष्ठले पाण्डेको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । 

यस अघि जिल्लाकै भरतपुर महानगरपालिका वडा नम्बर २० का निर्वाचित वडा अध्यक्षको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । 

Like Share on Social media
  •  
  •  
  •  
  •  

गण्डकी प्रदेशमा थप ४० जना कोरोना संक्रमण

बाबुराम-हिसिलालाई कोरोना संक्रमण

गोरखाबाट हनुमानढोका लागि पठाइयो फूलपाती