विभिन्न ४२ देशमा रहेका ४० हजार ७ सय ३५ नेपाली काेराेना सङ्क्रमित

काठमाडाै । अहिलेसम्म विदेशका विभिन्न ४२ देशमा रहेका नेपाली कोरोनाबाट सङ्क्रमित भएका छन् ।

गैरआवासीय नेपाली संघ एनआरएनएकाे स्वास्थ्य समितिका अनुसार संसारका विभिन्न ४२ देशमा रहेका ४० हजार ७ सय ३५ नेपाली सङ्क्रमित भएका छन्, यसमध्ये ८९ प्रतिशत अर्थात ३६ हजार ६ सय ७३ जना निको भएको स्वास्थ्य समितिले जनाएको छ ।

 समितिका अनुसार कोरोना सङ्क्रमणका कारण अहिलेसम्म विभिन्न १८ देशमा कार्यरत २ सय ८१ जना नेपालीको ज्यान गएको छ ।

पछिल्लाे समय मलेसियामा पनि सङ्क्रमण बढ्न थालेकाे छ ।

खाडीका ६ देश र मलेसियामा अहिलेसम्म ८ लाख ९८ हजार ६९६ जनामा काेराेना सङ्क्रमण भएकाे छ ।

जसमध्ये ८ लाख ४१ हजार ५५३ जना निकाे भइसकेका छन् भने ४९ हजार ३४५ जना उपचाररत छन् ।

यी देशमा काेराेनाका कारण ज्यान गुमाउनेकाे सङ्ख्या ८ हजार १५ पुगेकाे छ ।

अहिलेसम्म विश्वका दुई सय १४ देशका तीन कराेड ९१ लाख ८२ हजार ०९५ जनामा सङ्क्रमण फैलिसकेको छ ।

११ लाख ३ हजार ०५६ जनाको ज्यान गएको छ भने दुई कराेड ९३ लाख ८१ हजार ३५८ जना निको भएका छन् ।

Like Share on Social media
  •  
  •  
  •  
  •