संस्थागत विद्यालयको भन्दा गुणस्तयरीय शिक्षा दिने वातावरण निर्माण गर्नुपर्छः मेयर शाक्य

काठमाडाै । काठमाडाै महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यले सामूदायिक विद्यालयको गुणस्तर सुधार गर्न सक्ने हो भने संस्थागत विद्यालयमा स्वतः चाप कम भएर जाने बताएका छन् । 

शुक्रबार काठमाडौं महानगरपालिका– ३ स्थित शिवपुरी माध्यमिक बिद्यालयको ७२ औंं बार्षिकोत्सव समारोहमा मेयरले सामूदायिक विद्यालयले चुम्बकीय गुणको विकास गरेर संस्थागत विद्यालयको भन्दा गुणस्तयरीय शिक्षा दिने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । 

मेयर शाक्यले सामूदायिक विद्यालयका प्रधानाध्यापकहरुले पनि संस्थागत विद्यालयलाई निषेध होइन, मेरो विद्यालयमा अध्ययनरत विद्यार्थीको भविष्यको जिम्मा म लिन सक्छु भन्ने ध्येयका साथ पठन–पाठनमा ध्यान दिई विद्यार्थीका साथै अविभावकलाई पनि विस्वस्त बनाउनु पर्ने बताए । 

महानगरका तर्फबाट शिक्षा समिति, विभाग र नगरसभाले निर्णय गरेर महानगरपालिका क्षेत्र भित्रका सम्पूर्ण सामूदायिक विद्यालयको भौतिक पूर्वाधार निर्माणको जिम्मा लिएको र विद्यालयकाले व्यवस्थापकीय पक्षमा कुनै कमजोरी हुन नदिने बताए । 

वार्षिकोत्सवको अवसरमा सो विद्यालयमा निर्मित सूचना प्रविधि प्रयोगशालाको समेत उद्घाटन गरे । विद्यालयले दूरसञ्चार प्राधिकरणको सहयोगमा २४ वटा कम्प्युटरसहितको प्रयोगशाला सञ्चालनमा ल्याएको छ । 

Like Share on Social media
  •  
  •  
  •  
  •  

बाबुराम-हिसिलालाई कोरोना संक्रमण

गोरखाबाट हनुमानढोका लागि पठाइयो फूलपाती

आजदेखि बजारमा २ अर्ब रुपैयाँको नयाँ नोट