आबुधाबी – काठमाण्डौ अहिलेसम्मकै सस्तो शुल्कमा उडान भर्दै एअर अरेबिया

काठमाडौ । यूएई – एअर अरेबियाले आबुधाबी – काठमाण्डौ सस्तोमा नयाँ उडानहरु गर्ने भएको छ ।

एअरलाइन्सले अबुधाबी अन्तर्राष्ट्रिय विमानस्थलबाट आउँदो शनिबारदेखि सातामा चार उडान गर्ने भएको हो । एकतर्फी उडानको न्यूनतम भाडादर २ सय १६ डलर २५ हजार तीन सय २८ रुपैयाँ तोकिएको एअरलाइन्सले जनाएको छ । यो शुल्क अहिले सबैभन्दा सस्तो हो । एअरलाइन्समार्फत उडान भर्नेहरुका लागि निशुल्क बीमाको समेत व्यवस्था गरिएको एअरलान्सले जनाएको छ । यात्रुले उडान हुनुभन्दा बढीमा ७२ घण्टा भित्रको कोरोना परीक्षण नेगेटिभ भएको रिपोर्ट हुनपर्छ । यूएईको राष्ट्रिय उडान मध्ये एअर अरेबियाले यसअघि सारजहाँबाट मात्रै उडान भर्दै आएको थियो । 

एअर अरेबियाको एअरबस ए ३२० सोमबार, बुधवार, शुक्रबार र शनिबार बिहान ९ बजे काठमाण्डौका लागि उड्नेछ । दिउँसो ३ बजे नेपाल पुगेर त्यसै दिन जहाज ३ ः ४५ मा आबुधाबी फर्कने छ । 
नेपालले कोरोना महामारीको जोखिमलाई मध्येनजर गर्दै बन्द गरेको अन्तर्राष्ट्रिय उडानहरु गएको भदौ १६ गतेदेखि खोलेको हो । 

गएको जुलाई १४ देखि एअरलाइन्सले आबुधाबीबाट पनि उडान सेवा सुरु गरेको थियो । एअरलाइन्सका लागि काठमाण्डौ उडान आठौं रुट हो । यो नेटवर्कमा बंगलादेश, इजिप्ट​,  सुडान र अफगानिस्तान समावेश छन् ।

यूएईको पाँचौं राष्ट्रिय एअरलाइन्स एतिहाद एअरवेज र एअर अरेबियाबीच राजधानी आबुधाबीबाट कम लागतको उडान सुरु गर्न सहमति गरेसँगै एअरलाइन्सले आफ्नो नेटवर्क विस्तार गरिरहेको छ ।

आबुधाबीबाट यसअघि हिमालय र इतिहादले काठमाण्डौका लागि उडान गर्दै आएका छन् । एयर अरेबियाले सस्तोमा उडान भर्ने भएपछि न्यून आय भएका नेपाली श्रमिकलाई स्वदेश फिर्तीमा सहज भएको छ । 

Like Share on Social media
  •  
  •  
  •  
  •  

बाबुराम-हिसिलालाई कोरोना संक्रमण

गोरखाबाट हनुमानढोका लागि पठाइयो फूलपाती

आजदेखि बजारमा २ अर्ब रुपैयाँको नयाँ नोट