कोरोनाले तराईका भूमिहीन किसान भोकमरीको जोखिममा

 काठमाडौं । खाद्य अधिकार र खाद्य सम्प्रभुत्ताका लागि सबैभन्दा पहिले भूमि अधिकारको सुनिश्चितता हुनुपर्ने विज्ञहरुले बताएका छन् ।

४०औं विश्व खाद्य दिवसको अवसरमा खाद्यका लागि कृषि अभियानलगायत सरोकारवाला विभिन्न २० वटा संस्थाद्वारा मंगलबार आयोजित भूमिहीन किसानको खाद्य अधिकार विषयक छलफल कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।

आफ्नै देशमा पाइने चिनोलाई वेवास्ता गर्दै विदेशबाट ल्याएर खाने परिपाटीको विकास भएकोमा किसानले चिन्ता व्यक्त गरिन् ।

पछिल्लो समय खानामा पनि राजनीति घुसाइएकोले पनि खाद्यान्नमा परनिर्भरता बढ्न गएको उनको भनाइ छ ।

विपदको समयमा दाताहरुले सहयोगका नाममा हाइबि्रड भित्र्याएर आफ्नो व्यापार बढाउने र बीउमा समेत परनिर्भर बनाउने प्रवृत्ति देखिएको भन्दै यसतर्फ पनि सचेत हुनुपर्ने घलेको भनाइ छ ।

कृषि र भूमि व्यवस्थालाई स्थानीयकरण गरेर कृषिका कार्यक्रमहरु गाउँपालिका तथा नगरपालिकामार्फत संचालन गरिनुुपर्ने उनले सुझाव दिइन् ।

यस्तै भूमि अधिकारकर्मी अरुण सदाले भूमिहीनहरु संकटको बेला सबैभन्दा बढी समस्यामा पर्ने गरेको धारणा राखे ।

भूमिहीनताः मधेशमा भोकको स्थिति र विकल्प विषयक कार्यपत्र प्रस्तुत गर्दै उनले कोरानाका कारण तराईका भूमिहीन किसान परिवार भोकमरीको चपेटामा परेको बताए ।

खासगरी मुसहर समुदायका महिला, बालबालिका र बृद्धाबृद्धाहरु यस्तो समस्यामा रहेको उनको भनाइ छ ।

महिलाहरुले ज्याला मजदुरी गरेर गुजारा चलाउने गरेकोमा उनीहरुले नियमितरुपमा मजदुरीको काम नपाउने र पाएपनि पुरुष मजदुरको तुलनामा कम पारिश्रमिक पाउने गरेको पनि उसदाको बुझाइ छ ।

खानामाथिको राजनीतिलाई निरुत्साहित गर्न कोरोनालाई अवसरका रुपमा कृषि क्षेत्रको प्रवर्द्धनमा लाग्नुपर्ने सुब्बाको जोड थियो ।

जग्गाको व्यवस्था गर्न नसकिए अन्य विकल्प खोज्दै भूमिहीनहरुको खाद्य सुरक्षाको ग्यारेन्टी गरिनुपर्ने उनको भनाइ छ ।

व्यापारी र बिचौलियाहरुले भारतबाट विषादीयुक्त फलफूल तरकारी तथा खाद्यन्न ल्याएर स्थानीय खानालाई विस्थापित गराइदिएको उनले बताए ।

कार्यक्रममा बाँकेका जसवीर तथा कपिलवस्तुकी मञ्जु चौधरीले पनि भूमिहीनले भोग्नुपरेका समस्याका बारेमा चर्चा गरेका थिए ।

Like Share on Social media
  •  
  •  
  •  
  •  

बाबुराम-हिसिलालाई कोरोना संक्रमण

गोरखाबाट हनुमानढोका लागि पठाइयो फूलपाती

आजदेखि बजारमा २ अर्ब रुपैयाँको नयाँ नोट