घटना लुकाउन मिलापत्र,पीडितलाई थप पीडा

काठमाडाै । महामारीमा अहिले सडकको शान्ति सुरक्षा ठिकठाकै देखिन्छ ।

तर चैत ११ यता जबरजस्ती करणीका ६ सय ३२  घटना भए ।

जघन्य अपराधले भने घरघरमै असुरक्षा निम्त्याएको घटनाक्रमले नै देखाइरहेका छन् ।

पछिल्लो एक सातामा भएका बलात्कार र त्यसपछिका हत्याका घटना यसका उदाहरण हुन् ।

साउन यता मात्रै बलात्कारका २ सय ६६ घटना भएको प्रहरीको तथ्यांक छ ।

टोल टोलमै  छोरीहरु असुरक्षित देखिएका छन् ।

साउनयता काका, ठूलो बुवा र मामाबाटै बलात्कारका ६ घटना भए ।

यस्तै १ सय ९० घटनामा छिमेकी र चिने जानेकै व्यक्ति संलग्न छन् ।

घर छिमेकभित्रै छोरीहरु असुरक्षित हुने क्रम बढेपनि यस्तो जघन्य अपराधलाई टोल छिमेकमै सामसुम पार्ने प्रवृत्ति कायमै छ ।

दुई साताअघि सप्तरीमा एक किशोरीमाथि भएको बलात्कारको घटना गाउँमै सामसुम पार्न खोजियो ।

छिमेकीबाटै बलात्कृत किशोरीले पञ्चायतका नाममा अपराधमा संलग्नलाई उन्मुक्ति दिन खोजेपछि आत्महत्या गरिन् ।

बझाङमा एक बालिकाको बलात्कार पछि हत्या भएको घटना सेलाउन नपाउँदै  सुसुराले बलात्कार गरेको घटनाका पीडित अस्पतालमा छिन् ।

चार दिनअघि भक्तपुरमा एक किशोरीलाई बेहोस बनाएर चार दिनसम्म सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

यी घटनाले बलात्कारको कारुणिक दृष्य देखाउँछ ।

१० वर्षभन्दा कम उमेरका २४ बालिका बलात्कारीको निशानामा परेका छन् ।

संख्याभन्दा अझ अर्को डरलाग्दो तथ्य के भने यस्ता घटनामा पेशेवर अपराधी मात्र संलग्न छैनन्, घरभित्रकै सदस्यसमेत संलग्न देखिएका छन् ।

दोषीलाई सकेसम्म जोगाउन खोज्ने र नसकेको अवस्थामा निकै कम कारवाही गर्ने गरिएकाले बलात्कार र त्यसपछि हत्याका घटना नरोकिएका हुन् । 

बलात्कार  र त्यसपछि हत्याजस्तो जघन्य अपराध घर र टोलभित्रै बढिरहेकाले कानुन बनाएर मात्र पुग्दैन ।

दोषीलाई जोगाउन खोज्नेलाई पनि सख्त कारवाही गर्नुपर्छ ।

Like Share on Social media
  •  
  •  
  •  
  •  

बाबुराम-हिसिलालाई कोरोना संक्रमण

गोरखाबाट हनुमानढोका लागि पठाइयो फूलपाती

आजदेखि बजारमा २ अर्ब रुपैयाँको नयाँ नोट