लकडाउन यता एक लाख ४० हजार चालक अनुमति पत्र वितरण गर्न बाँकी

काठमाण्डौ । काठमाण्डौ एकान्तकुनाकाे यातायात व्यवस्था कार्यालयले झण्डै एक लाख ४० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी रहेको छ ।
लकडाउनमा यातायात व्यवस्था विभागले सबै अनुमति पत्रको छपाइ गरिसकेकाले यी अनुमतिपत्र वितरण गर्न बाँकी भएको हो ।
कार्यालयले अहिले दैनिक एक हजार ८०० देखि दुई हजार ५०० सम्म दैनिक वितरण गरिरहेको जनाएको छ ।
लक डाउनकै बीचमा कार्यालयले अनुमति पत्र वितरण केही समयका लागि रोकेको कार्यालयका प्रमुख डम्बर बहादुर कार्कीले बताउनुभयो ।
उहाँका अनुसार अहिले सकेसम्म स्वास्थ्य सावधानी अपनाएर वितरणको काम भइरहेको छ ।
कार्यालयले दूरी कायम गर्न प्रचारात्मक सामग्री टाँसेको छ भने साबुनपानी र स्यानिटाइजरको व्यवस्था गरेको छ ।
सरकारले गएकाे चैत देखि जारी लकडाउन असार देखि खुला गरेपछि कार्यालयले असारसम्मको अनुमतिपत्र वितरण गरेको छ ।
कार्यालयले दिँदै आएको तीन सेवामध्ये छापिएर आएका अनुमतिपत्र वितरण र नवीकरण गर्दै आएको छ भने नयाँ अनुमतिपत्र अहिलेका लागि स्थगन गरेको छ ।
कार्यालयमा दूरी कायम गर्न कठिन भएकाले हालका लागि नयाँ अनुमति पत्रको परीक्षा स्थगन छ ।
काठमाण्डौ उपत्यका लगायत प्रदेशभरका विभिन्न जिल्लामा सङ्क्रमण बढिरहेकाले यहाँका सबै कार्यालयले नयाँ चालक अनुमति पत्र बन्द भएकाे छ । केही वर्ष पहिले सम्म चालक अनुमतिपत्र बनाउन यही कार्यालयमा भीड हुन्थ्यो ।
काठमाण्डौ उपत्यकामा अहिले चार कार्यालयबाट यो सेवा दिइँदै आइएको छ ।
सबैभन्दा बढी सेवा ग्राहीको भीड भने एकान्तकुनामा रहेकाे कार्यालयमा नै देखिन्छ ।
अहिले पनि यहाँ खटिएका सुरक्षाकर्मीलाई भीड व्यवस्थापन गर्न कठिन भएको देखिन्छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्