११ जना स्वास्थ्यकर्मी सहित २४ जनामा कोरोना पोजेटिभ देखिएपछि जुम्लामा आकस्मिक कक्षबाहेक अन्य सेवा बन्द

काठमाडाै । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आकस्मिक कक्ष बाहेक अन्य सेवा बन्द गरिएको छ ।

अस्पतालमा कार्यरत ११ जना स्वास्थ्यकर्मी सहित २४ जनामा कोरोना पोजेटिभ देखिएपछि आकस्मिक कक्ष बाहेक अन्य सेवा बन्द गरिएको अस्पतालका  निर्देशक डाक्टर अनुपमंगल समालले जानकारी दिनुभयो ।

उहाँका अनुसार ११ जना प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मीसँगै अरु बिरामी, बिरामीका आफन्तमा कोरोना पोजेटिभ देखिएको हो ।

उनीहरुलाई अस्पतालको आइसोलेशनमा राखिएको र अरु कर्मचारीहरुको पनि स्वाब संकलन गरिएको उहाँले जानकारी दिनुभयो ।

अर्को सूचना नआएसम्म आकस्मिकबाहेकका सेवा बन्द हुने अस्पतालले जनाएको छ ।

Like Share on Social media
  •  
  •  
  •  
  •  

नक्कली नोट सहित एक युवक पक्राउ