युवतीले तपाईंको हात वा काँधमा हात राख्छिन् भने उनले तपाईंलाई मन पराउँछिन्

जब कुनै युवकले कुनै युवतीलाई मन पराउँछन्, तब उसले तपाईंलाई इम्प्रेस गर्न कोसिस गर्छन् र त्यस्ता केही संकेत दिन्छन्, जसमार्फत कुरा युवतीको मनसम्म पुग्न सकोस् ।

यस हर्कतलाई तपाई उनीहरुको फ्लर्टिङ क्षमता पनि भन्न सक्नुहुन्छ । तर, यस्तो होइन कि जिस्क्याउन केवल युवकलाई आउँछ ।

यस मामिलामा युवतीहरु पनि कम छैनन् ।

 युवतीले यदी कसैलाई मन पराउँदैछिन् भने उनी आफ्नो हाउभाउ र व्यवहारमार्फत यसको संकेत दिन्छिन् ।

उनले त्यस्ता केही संकेत दिन्छिन्, जसबाट थाहा हुन्छन् कि उनले तपाईंलाई मन पराइरहेकी छिन् । 
खासमा त युवतीहरुलाई कसैले पनि पुरै तरिकाले जान्न सकेको छैन, तर केही त्यस्ता संकेत अवश्य छन्, जसमार्फत तपाईले आफुलाई युवतीले मन पराएको कुरा जान्न सक्नुहुन्छ ।

नजिक आउनु 
यदि कोही युवती कुराकानीका क्रममा युवकको नजिक आउँछिन् भने यसको मतलब उनी ती युवकलाई मन पराउँछिन् भन्ने हो ।

कपाल मिलाउनु 
यदि युवतीले पटक पटक आफ्नो हात कपालमा पुर्याउछिन् । तपाईंलाई देखेपछि कपाल मिलाउँछिन् वा हातले लट्टा चलाउँछिन् भने पक्कै पनि उनलाई तपाई आकर्षक लागेको हुनुपर्छ । उनी तपाईसँग कुराकानी गर्न आतुर छिन् । 

सम्झनुस् आँखाको भाषा 
जब महिलाहरुले कसैलाई जिस्क्याउँछन्, तब उनीहरुको आँखाले पनि धेरै कुरा बोलिरहेको हुन्छ ।

यदि कुरा गर्दा गर्दै केही समय नजर मिलाएपछि उनले आफ्नो आँखा झुकाउँछिन् भने तपाईका लागि उनको मनमा केही खास छ भन्ने सम्झनुस् । 

लुक्दैन मुस्कान 
जब युवतीले कसैलाई मन पराउँछन् वा जिस्कन्छन् तब ती व्यक्ति सामु पुग्दा उनको मुस्कान लुक्न सक्दैन ।

हरेक पटक तपाईंको अगाडि आउँदा उनको अनुहारमा आउने मुस्कानले नै सबै कुरा भन्छ । 

कपडा मिलाउनु 
यदी कोही युवतीले कसैलाई मन पराउँछन् भने उनलाई इम्प्रेस गर्न कुनै मौका गुमाउन चाहँदैनन् ।

यदि तपाईं सामु आउँदा उनले आफ्नो कपडा मिलाए जस्तो गर्छिन् भने संझनुस् उनले तपाईलाई मन पराउँछिन् । 

कुराले रिझाउने 
जो महिला केटासँग जिस्कने काममा पोख्त हुन्छन्, उनीहरुले आफ्नो आवाजको पनि राम्रो प्रयोग गर्छन् ।

उनीहरुले आफ्नो आवाजलाई आकर्षक बनाउँछन् ।

जसकारण, युवक पनि आकर्षित होस् । 

स्पर्शको महसुस 
यदि कुनै जानेरै युवतीले तपाईंको हात वा काँधमा हात राख्छिन् भने यो सिधा संकेत हो कि उनले तपाईंलाई मन पराउँछिन् । 

रासस

Like Share on Social media
  •  
  •  
  •  
  •  

बाबुराम-हिसिलालाई कोरोना संक्रमण

गोरखाबाट हनुमानढोका लागि पठाइयो फूलपाती

आजदेखि बजारमा २ अर्ब रुपैयाँको नयाँ नोट