नेपाली पाइलटको मासिक आम्दानी औसतः ५ लाख २९ हजार

कोरोना भाइरसको महामारी र त्यसको नियन्त्रणका लागि सरकारले लिएको प्रतिवन्धका कारण सबै तिर व्यापार व्यवसायमा मन्दी छाएको छ ।

नेपाल एयरलाइन्सले विदेशी पाइलट माथिको खर्चमा कोरोना यता ७७ प्रतिशतसम्म खर्च कटौती गरेको जानकारी दिएको छ ।

कोरोना भाइरसको महामारी अगाडी वाइडबडी जहाज ए ३३० विमान दैनिक १३ घण्टा उड्ने गरेको थियो ।

यी जहाजलाई दैनिक उडानमा लगाउन निगमले कुल १४ जना विदेशी पाइलट तथा लाइन पाइलटको व्यवस्था गरेको थियो ।

उनीहरुका लागि मासिक ३ करोड २३ लाख रुपैयाँ खर्च भइरहेको थियो ।

तर, लकडाउन यता विदेशी पाइलट माथिको खर्च मासिक ७३ लाख ७१ हजारमा झरेको नेपाल एयरलाइन्सले उल्लेख गरेको छ ।

नेपाल एयरलाइन्सका अनुसार करारमा रहेका ७ जना विदेशी पाइलटको अहिले करार सेवा नवीकरण गरिएको छैन ।

अहिले भइरहेका उडान व्यवस्थापनका लागि ६ जना विदेशी पाइलटको मात्र करार नवीकरण भएको नेपाल एयरलाइन्सले उल्लेख गरेको छ ।

विगतमा १२ हजार डलर सम्म मासिक तलव घटेर अहिले मासिक तलव समेत ४ हजार अमेरिकी डलर र बसोबास खर्च १ हजार खर्च मात्र कायम गरिएको निगमले जनाएको छ ।

नेपाल एयरलाइन्सका अनुसार लकडाउन र निषेधाज्ञाको समयमा विदेशी भन्दा नेपाली पाइलटको प्रयोग भएको छ ।

जसले गर्दा उनीहरुको आम्दानी समेत माथि पुगेको छ ।

अहिले नेपाली पाइलटको मासिक आम्दानी औसतः ५ लाख २९ हजार रहेको नेपाल एयरलाइन्सले जनाएको छ ।

Like Share on Social media
  •  
  •  
  •  
  •  

नक्कली नोट सहित एक युवक पक्राउ