आइसोलेसनबाट भागे,कोरोना संक्रमीत कैदी


कोरोना भाइरस संक्रमण भएर अस्पतालमा उपचारात एक कैदी आइसोलेसनबाट भागेका छन्।

२८ भदौमा कोरोना संक्रमण पुष्टि भएपछि ती कैदीलाई अस्पतालको आइसोलेसनमा राखेर उपचार शुरु गरिएको थियो।

गाई मारेको अभियोगमा पक्राउ परेर कारागारमा रहेकै बेला कोरोना संक्रमण देखिएपछि कारागारमा ठाउँ अभाव भएकाले कालिका सामुदायिक अस्पताल हेलुको आइसोलेसनमा उपचाररत रहेकै समयमा अस्पतालबाट भागेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताए ।

प्रहरीका अनुसार, कारागारमा संक्रमित भएका स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–४ का २८ वर्षीय युवक भिरकोट नगरपालिकाको हेलुमा रहेको कालिका सामुदायिक अस्पतालमा उपचारारत रहेकै बेला गए राति भागेका हुन्।

भागेका कैदीको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Like Share on Social media
  •  
  •  
  •  
  •  

गण्डकी प्रदेशमा थप ४० जना कोरोना संक्रमण

बाबुराम-हिसिलालाई कोरोना संक्रमण