राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण: म्याग्दी पहिरोको उच्च जोखिममा

राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज ०७,०८ र ०९ गते भारी वर्षा हुन सक्ने दावी गरेका छन् ।

वर्षा हुने स्थानहरुमा जिल्ला अापतकालिन कार्य संचालन केन्द्र ,स्थानीय पालिका एवम् स्थानीयरुपमा प्रकाशित हुने पत्रपत्रिका तथा अबनलाइन खबरपत्रीकालाइ सतर्कता अपनाउनका लागि अपिल गरेको छ।

असोज ०७ गते प्रदेश नं. १ स्थित मोरङ, धनकुटा, सुनसरी, विराटनगर । त्यस्तै प्रदेश नं.२ का सप्तरी, सिराहा, बारा, पर्सा, मकवानपुर , र प्रदेश नं ०५ स्थित दाङ, बाँके, नेपालगन्जमा भारी वर्षा भएको थियो ।

दोस्रो दिन असोज ०८ गते प्रदेश नं.०१ को रुपन्देही, भैरहवा र प्रदेश नं.०२ को धनुषा , जनकपुर लगाएतका केही स्थान मा भारी वर्षा हुने भएकाले सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यनिकारणले आग्रह गरेको छ।

भोलि असोज ०९ गते शुक्रबार प्रदेश नं. ०१ का मोरङ, धनकुटा, सुनसरी, झापा, विराटनगर, धरान ,चन्द्रगढी वर्षा हुने जनाएको छ। त्यस्तै सिन्धुपाल्चोक, बाग्लुङ, म्याग्दी , जिल्लामा पहिरोको उच्च जोखिम रहेको प्राधिकरण व्यवस्थापनले बताएकाे छ।

Like Share on Social media
  •  
  •  
  •  
  •  

नक्कली नोट सहित एक युवक पक्राउ