पहिलाे खेलमा चेन्नईलाई हराउँदै राजस्थान राेयल्सकाे विजयी सुरूवात

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) मंगलबार भएको खेलमा चेन्नई सुपर किङ्स १६ रनले पराजित भएकाे हाे । सारजाह क्रिकेट मैदानमा राजस्थानले दिएको २१७ रनको बलियो लक्ष्य पछएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०० रनमै सीमित रहन पुग्याे ।

राजस्थानकाे विजयी सुरुवात लागि जोर्फा आर्चरकाे महत्वपूर्ण सावित हुनपुग्याे । उनले ८ बलमा ४ छक्का सहित २७ रनमा अविजित रहेर राजस्थानकाे बलियाे स्काेर खडा गर्नमा मद्दत गरेका थिए । आर्चरले २७ रन बनाउँदा टिमकाे विजयी सुरूवातमा सहयाेग पुगेकाे थियाे ।

टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१६ रन बनायो । राजस्थानका लागि सञ्जु श्यामसन र स्टिभ स्मिथले अर्धशतकिय पारी खेले । ३२ बल खेलेका उनले १ चौका र ६ छक्काको सहयोगमा ७६ रन बनाए । ४७ बल खेलेका स्मितले ४ चौका र ४ छक्काको सहयोगमा ६९ रन बनाउन सफल भए ।  राहुल तेवतियाले १० रन बनाए ।

राजस्थानका लागि राहुल तेवातियाले सर्वाधिक तीन विकेट लिए । त्यस्तै टोन करन, जोफ्रा आर्चर र स्रेयस गोपालले एक–एक विकेट लिए । चेन्नईकाे लागि श्याम करनले ३ विकेट लिए । त्यस्तै दीपक चहर, लुङ्गी एन्गिडी र पिउस चावलाले १–१ विकेट लिए । 

जितसँगै राजस्थानले २ अंक जोडेको छ । चेन्नईले भने पहिलो हार व्यहोरेको छ । पहिलो खेलमा चेन्नईले साविकको विजेता मुम्बई इन्डियन्सलाई ५ विकेटले हराएको थियो ।

चेन्नईले आफ्नो तेस्रो खेलमा शुक्रबार दिल्ली क्यापिटल्सको सामना गर्नेछ । राजस्थानले आइतबार किंग्स इलेभेन पन्जाबसंग खेल्नेछ । प्रतियोगिता अन्तर्गत बुधबार कोलकाता नाइट राइडर्स र मुम्बई इन्डियन्स खेल्नेछन् ।

Like Share on Social media
  •  
  •  
  •  
  •  

युनाइटेडको जितबाट सोल्सजायरलाई राहत

आईपीएल खेल्न सन्दीप यूएई उडे

टिम मजबुद बनाउन मनाङले थप्याे नयाँ खेलाडि