पञ्जाबलाई सुपर ओभरमा हराउँदै दिल्लीले जितबाट सुरूवात गर्याे आईपीएल यात्रा

काठमाडाैं । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) अन्तर्गत गएराति भएकाे दिल्ली क्यापिटल्सले किंग्स इलेभेन पञ्जाबलाई हराएको छ । राेमाञ्चक दिल्लीले सुपर ओभरमा पुगेर पञ्जाबलाई हराएको थियाे ।

सुपर ओभरमा दिल्ली क्यापिटल्सले ६ बलमा ३ रन बनाउनुपर्ने थियो । मोहम्मद शमीले एक वाइड फ्याँके र त्यसपछि ऋषभ पन्तले दुई रन दौडेर टिमलाई जित दिलाए ।

पहिलाे इनिङमा ब्याटिङ गर्दै दिल्लीले २० ओभरकाे खेलमा ८ विकेट गुमाएर १५७ रन बनाएको थियो । १५८ रनको लक्ष्य पाएको पञ्जाबले ८ विकेट गुमाएर १ सय ५७ रन मात्र बनायाे । 

पञ्जाबका लागि मयंक अग्रवालले ८९ रनको शानदार पाली खेलेका थिए । ओपनर केएल राहुलले २१, कुष्णप्पा गौतमले २० र सर्फराज खानले १३ रन बनाएका थिए । अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

दिल्लीका कागिसो राबाडा, रविचन्द्रन आश्विन र मार्कुस स्टोनिसले समान २–२ विकेट लिए । मोहित शर्मा र अक्षर पटेलले १–१ विकेट हात पारे ।

सुरुवाती ब्याट्सम्यानलाई सस्तैमा गुमाएको दिल्लीको इनिङ्स मध्यक्रमका ब्याट्सम्यानले केही उकासेका थिए । दिल्लीका लागि मार्कस स्टोनिसले ५३ रनको पाली खेलेका थिए ।

कप्तान श्रेयस अैयरले ३९ तथा ऋषभ पन्तले ३१ रन बनाए । ओपनर पृथ्वी शालाई ५ र शिखर धवनलाई शुन्य रनमा गुमाएपछि दिल्ली दबाबमा आएका थियो । तेस्रो नम्बरका ब्याट्सम्यान सिमरोन हेटिमर ७ रनमा आउट भएका थिए । यस्तै, रविचन्द्रन आश्विन ४ र अक्षर पटल ६ रनमा पोविलियन फर्किएका थिए ।

दिल्लीबिरुद्ध पञ्जाबका बलरले उत्कृष्ट प्रर्दशन गरे । मोहमद सामीले ४ ओभरमा मात्र १५ रन खर्चिएर ३ विकेट लिए । यस्तै, सेल्डन काटरेलले २ तथा रवि बिश्रोइले १ विकेट हात पारे । 

दिल्लीका लागि खेल्दै आएका नेपाली स्पिनर सन्दीप भने हिजाेकाे खेलमा मैदान बाहिर थिए ।

Like Share on Social media
  •  
  •  
  •  
  •  

युनाइटेडको जितबाट सोल्सजायरलाई राहत

आईपीएल खेल्न सन्दीप यूएई उडे

टिम मजबुद बनाउन मनाङले थप्याे नयाँ खेलाडि