आईपीएलकाे दाेश्राे खेलमा दिल्ली र पञ्जाब भिड्दै

काठमाडाैं । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)को दोस्रो खेलमा आईतबार दिल्ली क्यापिटल्स र किंग्स इलेभेन पञ्जाबबीच प्रतिस्पर्धा हुदैछ । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार पौने ८ बजे सूरु हुनेछ ।

साँझ ७ः४५ मा हुने खेलमा नेपाली स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्सले किङ्स इलेभन पन्जाबसँग प्रतिश्पर्धा गर्दैछ ।

पंजाबको टीममा यसपटक क्रिस गेल, ग्लेन म्याक्सवेल, मुजिब उर रहमान, लोकश राहुल, निकोलस पुरनलगायत खेलाडी छन् ।

दिल्लीबाट विदेशी खेलाडीको कोटामा मार्कस स्टोइनिस, कासिगो रबाडा, एनरिच नोत्र्जे र ज्यासन रोयको संभावना छ ।

मार्कस स्टोइनिस अलराउन्डर हुन् । ज्यासन रोय ओपनर ब्याट्स्म्यान हुने भने नोत्र्जे र रबाडा तीव्र गतिका बलर हुन् । यीबाहेक दिल्लीमा क्रिस वोक्स, डानियल साम्स, किमो पाउल, सिमरन हेटमेयर लगायत विदेशी खेलाडी छन् ।

उत्कृष्ट स्पिनरहरु रहेको दिल्लीको टिममा आज तीन जना स्पिनर खेल्ने संभावना छ । यद्यपि दिल्लीको पहिलो खेलको अन्तिम-११ मा सन्दीप लामिछाने पर्न सक्ने संभावना भने निकै कम छ ।

भारतीय सञ्चारमाध्यमहरुले तीन जना भारतीय स्पिनरहरु अन्तिम-११ मा पर्नसक्ने जनाएका छन् ।उनीहरुले रवीचन्द्र आश्विन, अमित मिश्रा र अक्षर पटेलले खेल्ने संभावना औँल्याएका छन् ।

सन्दीपलाई मौका दिइएको खन्डमा अमित मिश्रालाई विश्राम दिइने संभावना हुन्छ । अमित मिश्रा भारतका वरिष्ठ खेलाडी भएका र फर्ममा रहेका कारण उनी पर्ने संभावना बढी छ । विदेशी खेलाडीको कोटा मिलाउनुपर्ने कारण पनि आज सन्दीपको संभावना कम छ ।

पंजाबको टीम भने अहिलेसम्म दुबईमा पराजित भएको छैन । २०१४ मा सभै पाँच खेल जितेको थियो । पछिल्लो तीन सिजनमा पंजाब आफ्नो पहिलो खेल हारेको छैन ।

Like Share on Social media
  •  
  •  
  •  
  •  

युनाइटेडको जितबाट सोल्सजायरलाई राहत

आईपीएल खेल्न सन्दीप यूएई उडे

टिम मजबुद बनाउन मनाङले थप्याे नयाँ खेलाडि