आईपीएल खेलमा चेन्नइ सुपर किङ्सकाे विजयी सुरूवात

काठमाडाैं । इण्डियन प्रिमियर लिग अन्तर्गत चेन्नइ सुपर किङ्स र मुम्बइ इण्डियन्स बिच गएराति भएकाे खेलमा चेन्नइ सुपर किङ्स विजयी भएकाे छ । शनिवार सम्पन्न खेलमा चेन्नईले साविक विजेता मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै सुखद सुरुवात गरेको हो ।

यससँगै साविक उपविजेता चेन्नई सुपर किङ्सले १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा विजयी सुरुवात गरेको छ ।

शेख जायद स्टेडियममा मुम्बईले दिएको १ सय ६३ रनको लक्ष्य चेन्नईले १९ ओभर २ बलमा ५ विकेट गुमाएर पुरा गर्यो ।

चेन्नईको जितमा अम्बाती रायाडुले ७१ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । यस्तै फाप डु प्लेसिसले अविजित रहदै ५५ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । मुम्बईका लागि सौरभ तिवारीले ४२ रन बनाउदा क्विनटन डी ककले ३३ रन बनाए ।

चेन्नईका लुंगी एनजिडीले ३ विकेट लिए । यस्तै रबिन्द्र जडेजा र दिपक चाहरले २/२ विकेट लिए । साम करण र पियुस चावालाको नाममा १/१ विकेट रह्यो ।

जितसँगै चेन्नईले मुम्बईसँग गत वर्षको फाइनलमा व्यहोरेको हारको बदला लिएको छ । गत वर्षको फाइनलमा मुम्बईले चेन्नईलाई १ रनले हराएको थियो ।

यस्तै कप्तान धोनीले चेन्नईका लागि आफ्नो कप्तानीमा १०० औं जित पुरा गरेका छन् ।

युएईको अबुधाबीमा बन्द रंगशालामा खेल सम्पन्न भएकाे थियाे । दर्शक दीर्घामा भर्चुअल अनुहारहरू थिए । छक्का चौका हान्दा नाच्ने चियर लिडर्सहरु पनि स्टेडियममा उपस्थित थिएनन् । स्टेडियममा प्रत्यक्ष उपस्थित नभए पनि भर्चुअल माध्यमबाट उनीहरु जोडिएका थिए ।काेभिड

महामारीकाे कारण खेल मैदानमा खेलाडिहरूमात्र उपस्थित थिए । स्टेडियममा विकेट जाँदा या छक्का चौका आउँदाको लागि दर्शकहरुको आवाजको व्यवस्थापन गरिएको थियो ।

क्रिकेटरहरुलाई एक्लै खेलिरहेको महसुस हुन नदिन भर्चुअल स्क्रिनबाट विश्वभरबाट आइपीएल हेरिरहेका दर्शकहरुलाई पनि स्टेडियममा देखाइएकाे थियाे ।

त्यस्तै विकेट लिँदा या रन बनाउँदा दर्शकहरुको रिएक्सन पनि क्रिकेटरहरुले देख्न पाउने व्यवस्था गरिएकाे थियाे ।

Like Share on Social media
  •  
  •  
  •  
  •  

युनाइटेडको जितबाट सोल्सजायरलाई राहत

आईपीएल खेल्न सन्दीप यूएई उडे

टिम मजबुद बनाउन मनाङले थप्याे नयाँ खेलाडि