गर्भवतीको हवाईबाट उद्धार

काठमाडौं । डोटी जिल्ला अस्पतालमा सुत्केरी हुन नसकेपछि पूर्वीचौकी गाउँपालिका–५ का २० वर्षीया सम्झना विकको हवाई उद्धार गरिएको छ । सुत्केरी हुनेक्रममा उच्च रक्तश्राव भएका कारण उनीलाई कोहलपुर मेडिकल कलेज रेफर गरिएको जिल्ला अस्पतालका डा प्रकाश ठकुल्लाले बताए ।

विकलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरी कोहलपुर लगिएको जिल्ला प्रहरी कार्यालयका सहायक सूचना अधिकारी तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दले बताए। राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत जिल्लामा पहिलो पटक सुत्केरीको हवाइ उद्धार गरिएको जनाए ।

Like Share on Social media
 
 
  

राष्ट्रिय महिला लिग स्थगित

पर्यटनमन्त्री आले कोरोनामुक्त