आईपीएल खेल्न सन्दीप यूएई उडे

काठमाडाैं । क्यारेबियन प्रिमियर लिग सकेर सन्दीप लामिछाने ट्रिनडाड एण्ड टोबागोबाट सन्दीप युएई उडेका छन् । नेपाली लेग स्पिनर सन्दीप इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न संयुक्त अरब इमिरेट्स (यूएई)तर्फ गएका हुन् ।

सन्दीपसँगै सीपीएलमा सहभागी अन्य खेलाडी पनि आईपीएल खेल्न युएईतर्फ लागेका छन् । यस वर्षको आईपीएल कोरोना भाइरसको महामारीका कारण भारतमा नभइ युएईमा हुँदै छ । दिल्ली क्यापिटल्सबाट सन्दीपले  लगातार तेस्रो वर्ष आईपीएल खेलिरहेका छन् ।

सन्दीप सम्मिलित दिल्ली क्यापिटल्सको पहिलो खेल ४ असोजमा किंग्स इलाभेन पञ्जावसित हुनेछ । उनलाई दिल्ली क्यापिटल्सले रु ३२ लाखमा अनुबन्ध गरेको हो । आईपीएल आगामी ३ असोजदेखि सुरु हुँदैछ ।

Like Share on Social media
  •  
  •  
  •  
  •  

युनाइटेडको जितबाट सोल्सजायरलाई राहत

टिम मजबुद बनाउन मनाङले थप्याे नयाँ खेलाडि