टिम मजबुद बनाउन मनाङले थप्याे नयाँ खेलाडि

काठमाडौं । डिभिजन-ए क्लब मनाङ मर्स्याङ्दीले आसन्न घरेलु फुटबलका लागि दिनेश सहित तीन नयाँ खेलाडीलाई क्लबमा अनुबन्धन गरेको छ ।

क्लब मनाङ ले दिनेश राजवंशी सहित तीन जना खेलाडीलाई घरेलु फुटबलको नयाँ सिजनका लागि अनुबन्धन गरेको छ । अनुबन्ध भएका खेलाडिहरूमा विश्व अधिकारी र सरोज योञ्जन रहेका छन् ।

बर्ष तेस्रो स्थानमा रहदै लिगको अन्त्य गरेको मनाङले लिग हुने अपेक्षा सहित टिम बलियो बनाउन नयाँ खेलाडिहरू अनुबन्ध गरेकाे जनाएकाे छ । उनीहरू बाहेक खेलाडीसँग समेत छलफल गरिरहेकाे क्लबले जानकारी दिएकाे छ ।

राष्ट्रिय टिममा राम्रा खेलाडी अनुबन्धन गर्ने मनाङको योजना छ । पुराना खेलाडीलाई निरन्तरता दिदै घरेलु फुटबल अनिश्चित रहेको समयमा मनाङ भने टिम पुनर्निमाणको गृहकार्यमा जुटेको छ ।

Like Share on Social media
  •  
  •  
  •  
  •  

युनाइटेडको जितबाट सोल्सजायरलाई राहत

आईपीएल खेल्न सन्दीप यूएई उडे