चौतर्फी आलोचनापछि म्युजिक भिडियो कलाकार संघले जारी गर्यो विज्ञप्ती

नेपाल म्युजिक भिडियो कलाकार संघले कोरोना कहरको वर्तमान परिस्थितिमा सुटिङ नगर्न आग्रह गरेको छ । देशभर निषेधाज्ञा कायम गरिएको समयमा सरकार निर्देशन पालना गर्न आग्रह गर्दै संघले विज्ञप्ती जारी गरेको हो ।

निषेधाज्ञाको समयमा केही कलाकार तथा म्युजिक भिडियो सुटिङ गर्ने कम्पनीले सुटिङ कार्य कायम राखेको भन्दै चौतर्फी आलोचना भएपछी आफूहरूले विज्ञप्ती जारी गर्नुपरेको संघका अध्यक्ष तथा कलाकार शंकर बिसीले बताए ।

विगत छ महिनाभन्दा लामो बन्दाबन्दी तथा निषेधाज्ञाले कलाक्षेत्र निक्कै प्रभावित बनेको छ । यस समयमा कलाकारहरूले स्टेज कार्यक्रम गर्न पाएका छैनन् । यद्यपि अध्यक्ष बीसी भने अझै केही समयका लागि निषेधाज्ञाको पूर्ण पालन हुनुपर्ने धारणा राख्छन् ।

सुटिङ बिबादबारे म्युजिक भिडियो कलाकार संघको ध्यानाकार्षण (बिज्ञप्ती सहित)
Like Share on Social media
  •  
  •  
  •  
  •  

सुशान्तका बाबुले दिए रिया विरूद्ध उजुरी

फिल्म नबन्दै कराेडाैंकाे पुरस्कार