टी ट्वान्टी सिरिजका लागि इङ्ल्याण्ड र अष्ट्रेलिया भिड्दै

एजेन्सी । आइतबार इङ्ल्याण्ड र अष्ट्रेलियाबिचको दोस्रो टी–ट्वान्टी क्रिकेट हुँदैछ । खेल नेपाली समयअनुसार साँझ सवा ७ बजे बाट सुरु हुनेछ ।

साउथह्याम्टनकाे द रोजबाउल क्रिकेट मैदानमा हुने खेलमा पाहुँना टोली अष्ट्रेलिया भने जित्नैपर्ने दबाबमा छ ।

यसअघि पहिलो टी–ट्वान्टी क्रिकेटमा इङ्ल्याण्डले अष्ट्रेलियामाथि २ रनको रोमाञ्चक जित दर्ता गरेको थियो । तीन खेलको सिरिजमा घरेलु टोली इङ्ल्याण्ड १–० ले अघि बढेको छ ।

घरेलु टाेली इङ्ग्ल्याण्ड टी ट्वान्टीमा बरियतामा दाेश्राे स्थानमा छ । इङ्ल्याण्डले यो टी–ट्वान्टी सिरिज क्लिन स्वीप अर्थात तीन शुन्यले जीतेमा इङ्ल्याण्ड एक नम्बरमा आउने भएकाले पनि इङ्ल्याण्डका लागि यो सिरिज महत्वपूर्ण छ ।

Like Share on Social media
  •  
  •  
  •  
  •  

युनाइटेडको जितबाट सोल्सजायरलाई राहत

आईपीएल खेल्न सन्दीप यूएई उडे