लायन्स क्लब डिस्ट्रिक्ट ३२५ I क्लवहरुको संयुक्त ‘पदस्थापना तथा शपथ ग्रहण समारोह’ आयोजना हुँदै
काठमाडौँ । लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ I, नेपाल अन्तर्गतको रिजन १८ (जोन ३७ र जोन ३८) ले आगामी शनिबार, सेप्टेम्बर २६, २०२६ (वि.सं. २०८३ असोज १० गते) क्लवहरुको संयुक्त पदस्थापना तथा शपथ ग्रहण समारोह (Installation & Induction Ceremony) आयोजना गर्ने भएको छ।
काठमाडौँको शेषमतीस्थित दियालो फुडल्यान्डमा बिहान ८:०० बजे सञ्चालन हुने उक्त विशेष कार्यक्रममा जोन ३७ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौँ निलगिरी तथा जोन ३८ अन्तर्गतका लायन्स क्लब अफ काठमाडौँ थकेश्वर प्लानेट, लायन्स क्लब अफ काठमाडौँ जुपिटर र लायन्स क्लब अफ काठमाडौँ उद्यमीको संयुक्त सहभागिता रहनेछ।
“Caring by Sharing • We Serve” भन्ने मूल नाराका साथ सम्पन्न हुन गइरहेको यस गरिमामय समारोहमा सम्पूर्ण आदरणीय लायन लिडरहरूलाई उपस्थित भई नयाँ सदस्यहरूको दीक्षान्त र नयाँ नेतृत्वको स्वागतमा सहभागी हुन आयोजक समितिले हार्दिक निमन्त्रणा तथा आह्वान गरेको छ।
