देशव्यापी प्रदर्शन कार्यक्रमहरूको आयोजना गरी भारतीय ८०औँ स्वतन्त्रता दिवस मनाइयो
एजेन्सी । भारतमा देशव्यापी प्रदर्शन कार्यक्रमहरूको आयोजना गरी भारतीय ८०औँ स्वतन्त्रता दिवस मनाइएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार ८०औँ स्वतन्त्रता दिवसको अवसरमा राष्ट्रलाई सम्बोधन गर्दै भारतले पाँचदेखि १५ वर्ष उमेरका बालबालिकाहरूमा खेल प्रतिभा पहिचान गर्न देशव्यापी प्रतिभा खोज अभियानको घोषणा गरेका छन्। उनले सन् २०३६ ओलम्पिक आयोजना गर्ने महत्वाकाङ्क्षा दोहोर्याएका छन् ।
उनले उक्त सम्बोधनमा पाँचदेखि १५ वर्ष उमेरका बालबालिकाहरूमा खेल प्रतिभा पहिचान गर्न देशव्यापी प्रतिभा खोज अभियानको घोषणा गरेका छन् ।
शनिबार ऐतिहासिक लाल किल्लाबाट राष्ट्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने, खेलकुदमा भारतको प्रदर्शन सुधार हुँदै गएको छ र देश सन् २०३६ ओलम्पिकको लागि बलियो दावेदारका रूपमा अगाडि बढिरहेको छ ।
प्रधानमन्त्री मोदीले भने, “ओलम्पिक खेलहरूको दायरा उल्लेख गर्दै प्रधानमन्त्रीले भने, “करिब ४० खेल र लगभग ३२५–३५० प्रतियोगिताहरू छन्, तर भारत लगभग दुई–तिहाइमा सहभागी हुँदैन वा योग्यता हासिल गर्दैन। सन् २०३० मा भारतले कमनवेल्थ गेम्स पनि आयोजना गर्न गइरहेको छ।”
