नेपाल आयल निगमको प्रबन्ध निर्देशकमा नागेन्द्र साह नियुक्त
काठमाडौँ । सरकारले नेपाल आयल निगमको प्रबन्ध निर्देशकमा नागेन्द्र साहलाई नियुक्त गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साहलाई नेपाल आयल निगमको प्रबन्ध निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको छ। खुला प्रतिस्पर्धामार्फत छनोट प्रक्रियापछि मन्त्रिपरिषद्ले साहलाई निगमको नेतृत्वको जिम्मेवारी दिने निर्णय गरेको हो।
नेपाल आयल निगम मुलुकमा पेट्रोलियम पदार्थको आयात, भण्डारण, वितरण तथा आपूर्ति व्यवस्थापन गर्ने सरकारी स्वामित्वको प्रमुख सार्वजनिक संस्थान हो। नयाँ नेतृत्वसँगै निगमको सेवा प्रवाह, आपूर्ति व्यवस्थापन तथा संस्थागत सुधारलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
