काठमाडौँका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं सरकारी सेवाबाट अवकाश
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ आजदेखि सेवा निवृत्त भएका छन् । उनलाई महानगरपालिकाले आज विदाइ गर्याे । गुरागाईँ करिब दुई वर्ष महानगरको प्रशासकीय नेतृत्वमा रहे । २०८१ भाद्र २७ गतेको नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णय अनुसार गुरागाईंले २०८१ असोज ७ गते काठमाडौँ महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा पद वहाली गरेका थिए ।
यसअघि बालेन शाह महानगर प्रमुख हुँदा उनलाई महानगरबाट हटाउन निकै कोशिस गरे पनि सकेनन् । उमेरका कारण आजदेखि उनी अनिवार्य अवकाशमा गएका हुन् । विदाइ कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डङ्गोल, प्रवक्ता नविन मानन्धर, कार्यपालिका सदस्यहरु, विभागीय प्रमुखहरु, महाशाखा प्रमुखहरु सहभागी थिए ।
कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख सुनिता डङ्गोलले गुरागाईँले गरेको प्रशासनिक नेतृत्व काठमाडौँ महानगरपालिकाले स्मरण गरिरहने बताइन् ।
