प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् ।

सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार मन्त्रिपरिषद्को बैठक बुधबार बिहान साढे ११ बजे बस्ने गरी तय भएको हो । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बस्नेछ।

बैठकमा सरकारका नियमित कामकारबाही, समसामयिक राजनीतिक विषय तथा नीतिगत निर्णयबारे छलफल हुने जनाइएको छ ।