सिरहा घटना: मृतक गणेश यादवको शव गाउँ पुर्‍याइयो, आजै अन्त्येष्टि

काठमाडौँ । सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका गणेश यादवको शव गाउँ पुर्‍याइएको छ । अस्पतालमा पोस्टमार्टमपछि शनिबार साँझ नेपाली सेनाको हेलिकोप्टरमार्फत उनको शव औरही गाउँपालिका-२ तुलसियाही गाउँमा पुर्‍याइएको हो ।

घरमा हिन्दु परम्पराअनुसार दाह संस्कार पूर्वका विधि पूरा गरेपछि शवलाई गागन खोलाको किनारमा अन्तिम संस्कारका लागि लैजाने तयारी गरेको बताइएको छ ।