जनकपुरधाममा सामाजिक सद्भाव कायम गर्न वृहत् र्‍याली प्रदर्शन

जनकपुर । जनकपुरधाममा पछिल्लो समय उत्पन्न तनावपूर्ण परिस्थितिलाई मत्थर पारी सामाजिक सद्भाव र एकता कायम गर्ने उद्देश्यले एक वृहत् सद्भाव र्‍याली निकालिएको छ । 

जिल्ला प्रशासन कार्यालय, धनुषाको अगुवाइमा आयोजित उक्त र्‍यालीमा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको छ । जनकपुरधामस्थित रेल्वे स्टेसनबाट प्रारम्भ भएको र्‍यालीले नगरका विभिन्न मुख्य चोकहरूको परिक्रमा गरेको थियो । 

सुनसरीमा भएको दुई समुदायबीचको झडपपछि उत्पन्न तनाव र स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा (कर्फ्यु) का बीच नागरिकहरूमा शान्तिको सन्देश प्रवाह गर्न यो कार्यक्रम आयोजना गरिएको हो । र्‍यालीमा सहभागीहरूले ‘सामाजिक एकता कायम गरौं’ र ‘शान्ति तथा सद्भाव कायम गरौं’ जस्ता नाराहरू लगाएका थिए । सद्भाव र्‍यालीमा स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरू, सरकारी कर्मचारी, विभिन्न धर्मका अगुवा, नागरिक समाजका प्रतिनिधि, उद्योगी–व्यवसायी तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । 

सद्भाव र्‍यालीमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जनकपुरधामको पहिचान नै विभिन्न जातजाति र समुदायबीचको अटुट सद्भाव रहेको उल्लेख गरे ।