काँग्रेस वरिष्ठ नेता श्रेष्ठको अन्त्येष्टि
काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
काँग्रेसका सभापति गगनकुमार थापाले उनको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । श्रेष्ठका छोराले उनलाई दागबत्ती दिएका थिए । नेता श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गर्न पार्टीका शीर्ष नेताहरू आर्यघाट पुगेका थिए ।
वरिष्ठ नेता श्रेष्ठको पार्थिव शरीरलाई यसअघि काँग्रेसको पार्टी सानेपा काठमाडौँमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । काँग्रेसको पार्टी कार्यालयमा उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्न विभिन्न दलका शीर्ष नेताहरू गएका थिए ।
वरिष्ठ नेता श्रेष्ठको ७९ वर्षे उमेरमा ललितपुरको जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मङ्गलबार भएको निधन भएको थियो ।
