राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेट, सुनसरी घटनापछि भएको सर्वदलीय पहलबारे जानकारी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।
बुधबार शीतल निवास पुगेर भएको भेटमा सभापति लामिछानेले मुलुकको समसामयिक राजनीतिक अवस्था तथा सुनसरीमा भएको पछिल्लो घटनाक्रमबारे छलफल गरेका थिए।
भेटका क्रममा लामिछानेले सुनसरी घटनापछि राजनीतिक दलहरूबीच सहकार्य र साझा धारणा निर्माणका उद्देश्यले आफूले आह्वान गरेको सर्वदलीय बैठकका विषयमा पनि राष्ट्रपति पौडेललाई जानकारी गराएको रास्वपाले जनाएको छ।
