सुनसरी हिंसात्मक घटनासहित समसामयिक विषयमा सभामुखको ध्यानाकर्षण

काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पछिल्ला राष्ट्रिय घटनाक्रम, संसद् सञ्चालन र सुरक्षा अवस्थाबारे सभामुख डोलप्रसाद अर्यालसँग छलफल गरेका छन्।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा मंगलबार भएको भेटवार्तामा मुलुकको समसामयिक राजनीतिक अवस्था तथा सार्वजनिक सरोकारका विषयमा विचार विमर्श भएको हो।

भेटका क्रममा नेता आङ्देम्बेले सुनसरीमा भएको हिंसात्मक घटनाप्रति सभामुखको ध्यानाकर्षण गराउँदै शान्ति-सुरक्षा कायम गर्न राज्यका निकायबाट प्रभावकारी पहल आवश्यक रहेको बताएका थिए।

सुनसरीको देवानगन्जमा भएको उक्त घटनामा एक जनाको मृत्यु भएको तथा सुरक्षाकर्मीसहित २२ जना घाइते भएको जनाइएको छ।