कक्रोच जनता पार्टीको आन्दोलनप्रति शिखर धवनको प्रतिक्रिया : हाम्रा युवाहरू देशको भविष्य हुन्

काठमाडौँ । भारतीय क्रिकेट टोलीका पूर्व ब्याट्सम्यान शिखर धवनले पनि नीट पेपर लीकविरुद्ध कक्रोच जनता पार्टीको आन्दोलनप्रति प्रतिक्रिया दिएका छन्।

‘हाम्रा युवाहरू हाम्रो देशको भविष्य हुन्। उनीहरूको सपना र आकांक्षा बुझ्नु महत्त्वपूर्ण छ। तर कठिन समयमा धैर्य कायम राख्नु र हाम्रा संस्थाहरू र सरकारलाई विश्वास गर्नु पनि उत्तिकै महत्त्वपूर्ण छ,’ उनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखे।

‘मलाई विश्वास छ कि धैर्य र लगनशीलताले हरेक चुनौतीको समाधान गर्न सकिन्छ। भारतले सधैं प्रगति गरेको छ र गरिरहनेछ,’ उनले थप भनेका छन्।

दिल्लीको जन्तरमन्तरमा भेला भएका प्रदर्शनकारीहरूले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा मागिरहेका छन्।