टेकुमा गोली हानेर प्रहरीले ३ जना लागुऔषध कारोबारी समात्यो

काठमाडौं । प्रहरीको लागुऔषध कानुन कार्यान्वयन व्युरोले टेकुमा गोली प्रहार गरी तीन कारोबारीलाई नियन्त्रणमा लिएको छ ।

व्युरो प्रमुख एसएसपी सुवासचन्द्र बोहराका अनुसार गोली प्रहारबाट एक भारतीय नागरिक घाइते छन् । दुई नेपाली नागरिक पक्राउ परेका छन् । घाइते भारतीय नागरिकको वीर अस्पतालमा उपचार भइरहेको बोहराले बताए ।

प्रहरीले विभिन्न स्थानबाट पिछा गर्ने क्रममा उनीहरू टेकुस्थित काठमाडौं महानगरपालिकाको फोहोर मैला भण्डारणस्थलमा फेला परेका थिए ।