म स्टन्टबाजी गर्न आएको होइन, देशको सेवा गर्न आएको हुँ : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफू स्टन्टबाजी गर्न नआएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्ने क्रममा उनले आफू जनताको सेवाका लागि आएको दाबी गरे ।

उनले सांसदहरूलाई संसद्‌मा घाँटी चिच्याएर मात्रै नहुने जिकिर गरे ।

‘घाँटी चिच्याएर मात्रै हुँदैन । जनताको सेवा गर्छु भनेर मुखले बोलेर हुँदैन । त्यो मुखले बोलेको ५० औं वर्ष भइसक्यो । हामीले हातले गर्नुपर्छ,’ उनले भने, ‘आफ्नो जनताको सेवा ठाउँमा गएर गर्नुपर्छ । त्यसलाई तपाईंहरू स्टन्टबाजी भन्नुहुन्छ । मलाई इच्छा छैन कसैको लागि स्टन्टबाजी गर्नका लागि । म आफ्नो देशको सेवा गर्न आएको हो ।’