सांसद चन्द्र मोहनले गरे गणेश नेपालीप्रति श्रद्धाञ्जली दिँदै संसद्मै मौनधारण
काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले गणेश नेपालीप्रति श्रद्धान्जली दिँदै संसद्मै एक मिनेट मौनधारण गरेका छन् । शुक्रबार प्रतिनिधिसभामा सभामुखसँग समय लिएर उनले भावुक क्षणमा आफू बोल्न नउभिएको बताए ।
‘मुगुका युवा गणेश नेपालीको निधनप्रति हार्दिक श्रद्धान्जिली व्यक्त गर्न चाहन्छु । आज यो देशका सम्पुर्ण युवाको लागि जो निराशाजनक परिस्थिति उब्जेको छ । त्यसप्रति म आफ्नो मौन धारण गरेर विरोध जनाउन चाहन्छु ‘ उनले भने ।
यत्ति भनेर उनले मौन धारण गरेका हुन् ।
