गणेश नेपालीको निधनबारे आशिका– राज्यले युवालाई अनावश्यक दु:ख दिने होइन

काठमाडौं । गणेश नेपालीको मृत्युबारे सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङ बोलेकी छन् । सत्तारुढ दल यो घटनाबारे मौन रहेको भनेर संसद्मै प्रश्न उठिरहेका बेला उनले यो घटनाका सन्दर्भमा सरकार गम्भीर हुनुपर्ने बताइन् ।

‘राइडिङ सेवामा आबद्ध मुगुका गणेश नेपाली भाइले यात्रुलाई त्रिपुरेश्वरमा पुर्‍याएपछि आफ्नो राहदानी सम्बन्धी कामका लागि मोटरसाइकल पार्क गरी कार्यालय जाँदा महागरपालिकाले सवारीमा ह्वीललक लगाएको रहेछ,’ उनले प्रतिनिधिसभाको बैठकमा सुनाइन् । 

यसपछिको मानसिक तनावका कारण गाणेश नेपालीले आफ्नो शरीरमा पेट्रोल आत्महत्या गर्न गरेको प्रयासको खबरले आफूहरू अत्यन्त दु:िखत भएको बताइन् ।

उनले भनिन्, ‘यो घटना केवल एक व्यक्तिको दु:खद अन्त्य मात्रै होइन । स्वरोजगारमा संलग्न हजारौं युवाले भोगिरहेको व्यवहारिक समस्यातर्फ राज्यको ध्यानाकर्षण गराउने गम्भीर संकेत पनि हो ।’