गणेश नेपालीको अवस्थाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै वीर अस्पताल

काठमाडौँ ।  जलनका बिरामी मुगु सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको अवस्थाबारे जानकारी दिन वीर अस्पतालले पत्रकार सम्मेलन गर्ने भएको छ । बिहान १० बजे उनको अवस्थाबारे जानकारी दिन लागिएको हो । 

उपचारमा संलग्न चिकित्सकहरूले उनको अवस्था अस्थिर रहेको बताउँदै आएका छन् । नेपालीलाई भारतको नयाँदिल्लीस्थित ‘एम्स’ अस्पताल लैजाने तयारी भए पनि स्वास्थ्य स्थिर नभएको कारण वीर अस्पतालमै उपचार गरिएको छ ।

वीर अस्पतालको ‘बर्न आइसियु वार्ड’मा ‘भेन्टिलेटरमा रहेका नेपालीको नेपालीको शरीर ५५ प्रतिशत जलन भएको जनाइएको छ ।