ओलीको आरोपी : ‘सरकारका खुट्टा भुईँमा छैनन्, यो उम्लिएको दूध हो’

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको १०० दिनको कार्यकालले मुलुकमा लोकतन्त्र र वामपन्थी आन्दोलनलाई गम्भीर धक्का पुर्‍याएको आरोप लगाएका छन् । 

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारको कार्यशैली लोकतन्त्र विरोधी र फासीवादी राज्यतर्फ उन्मुख रहेको दाबी गरे । 

अध्यक्ष ओलीले सरकारले सुकुम्वासी बस्तीहरूमा डोजर लगाएर सर्वसाधारणलाई सास्ती दिएको र बालबालिकाहरूको बिचल्ली बनाएको भन्दै आलोचना गरेका छन् ।