बाढीका कारण घाइते भएकी महिलाको नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार

काठमाडौँ । डोल्पामा बाढीका कारण घाइते भएकी एक महिलालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत लगिएको छ।

डोल्पाको जगदुल्ला गाउँपालिका-५ स्थित गैरीगाउँ, धुलाखोला क्षेत्रमा बाढीका कारण ४४ वर्षीया महिला घाइते भएकी थिइन्। उनको प्रारम्भिक उपचारपछि थप उपचार आवश्यक देखिएपछि उद्धार गरिएको हो।