प्रलोपा अध्यक्ष सन्तोष परियार भन्छन्: सरकारको सय दिन हेर्दा स्वाधीनतामा असंवेदशील, जनताप्रति अनुदार

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीले वर्तमान सरकारको सय दिनको समिक्षा गर्दै राष्ट्रिय स्वाधीनतामा असंवेदशील र जनताप्रति अनुदार रहेको ठहर गरेको छ । आइतबार राजधानीमा पार्टीले पत्रकार सम्मेलनको आयोजना गरी बालेन सरकारको कदमले निम्न वर्ग पूरै निराश बनेको समेत दाबी गरेको छ । पार्टी अध्यक्ष सन्तोस परियारले सरकार राष्ट्रिय स्वाधीनता, सुशासन, आर्थिक सुधार तथा जनजीविकाका सवालमा असफल रहेको दाबी गरे ।  

सरकारको नीति, प्राथमिकता र कार्यशैलीले मुलुकलाई अपेक्षित उपलब्धि दिन नसकेको बताउँदै परियारले भने, ‘यो सरकार ‘नहुने विरुवाको खस्रो पात’ १०० दिनले प्रष्ट देखाएको छ ।’ परियारले आर्थिक संकट समाधान, रोजगारी सिर्जना, उत्पादन वृद्धि, महँगी नियन्त्रण, सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहमा उल्लेखनीय सुधार गर्न सकेको छैन ।  भ्रष्टाचार नियन्त्रण र प्रशासनिक सुधारका क्षेत्रमा पनि सरकार कमजोर देखिएको उनले बताए ।

‘सुकुम्बासीलाई विना विकल्प उठिबास लगाइयो, सवारी सूरक्षाका नाममा जनता मारा जरिवान अवलम्बन लगायतका विषयले यो तानाशाहीता तिर उन्मुखतिर छ भन्ने प्रष्ट भएको छ,’ परियारले थपे ।