मदन भण्डारीको जन्मजयन्ती कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीसहित शीर्ष वाम नेताहरूको सहभागिता

काठमाडौँ । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति विद्या भण्डारीको प्रमुख आतिथ्यमा विभिन्न वामपन्थी दलका शीर्ष नेताहरू एउटै मञ्चमा सहभागी भएका छन्।

राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपाका सहसंयोजक माधवकुमार नेपाल तथा झलनाथ खनाललगायतका नेताहरूको उपस्थिति रहेको थियो।

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि वामपन्थी शक्तिबीच सहकार्यको सम्भावनाबारे विभिन्न तहमा बहस भइरहेका बेला उक्त कार्यक्रमलाई शीर्ष नेताहरूबीच भेटघाट र संवादको साझा अवसरका रूपमा समेत हेरिएको छ।

यस्तै, पछिल्लो समय पूर्वराष्ट्रपति विद्या भण्डारीको सक्रियतासँगै नेकपा  एमाले र नेकपाबीच सम्भावित एकताका विषयमा सार्वजनिक रूपमा विभिन्न कोणबाट छलफल चलिरहेको छ।